Butwal Today

संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

बुटवल, १७ भदौ ।

बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ ।

असोज ३ गते बीएचएम अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने भएको हो ।आयोजकले मङ्गलवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ । अहिले बुटवल भित्र बीएचएम अध्ययन हुने क्याम्पसमा भिजिट गरेर कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले बताए ।

उनका अनुसार बीएचएम अध्ययनरत विद्यार्थीहरूले कार्यक्रम स्थलमा स्टल राख्दा कुनै पनि शुल्क नलाग्ने बताए । कार्यक्रममा सांस्कृतिक मनोरञ्जन लिन पाउनुका साथै बीएचएम अध्ययनरत गर्ने विद्यार्थीहरूले तयार गरेका विभिन्न परिकारको स्वाद लिन पाइने उनले बताए । कार्यक्रममा स्वर, रकेट्रस, चक्र र आमाथ्यको विशेष साङगेतिक प्रस्तुति हुने कार्यक्रम संयोजक थापाले जानकारी दिए ।

यस्तै कार्यक्रमको प्रवेश शुल्क १००० कायम गरिएको इभेन्ट इन बुटवलका फाउन्डर सुशान्त पाण्डेले बताए । विद्यार्थीको लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । कार्यक्रम गर्नको लागि २५ लाख खर्च लाग्ने अनुमान गरिएको फाउन्डर पविन सेनले बताए ।