Butwal Today

प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ , १७ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबिच भेटवार्ता सम्पन्न भएको छ । बेइजिङस्थित सरकारी अतिथि गृह ‘देउथाइ स्टेट गेस्ट हाउस’मा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागिता जनाएपछि बेइजिङ पुगेका हुन् ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना गरिने ‘फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्धमा विजय’ को ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधिमण्डलसहित स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?