Butwal Today

सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, १७ भदौ ।

सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले उक्त विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीले राजीनामा दिएपछि वा अवकाश प्राप्त गरेपछि दुई वर्षसम्म कुनै पनि नियुक्ति लिन नपाउने प्रावधान विधेयकमा समावेश गरिएको जानकारी दिइन् ।

उनका अनुसार निजामती सेवाबाट बाहिरिएको दुई वर्षसम्म सम्बन्धित कर्मचारीले सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य कुनै पनि प्रकारका नियुक्तिमा नियुक्त हुने अनुमति हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?