© २०२३
काठमाडौँ, १७ भदौ ।
सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले उक्त विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
प्रतिवेदन पेस गर्दै सभापति दाहालले निजामती कर्मचारीले राजीनामा दिएपछि वा अवकाश प्राप्त गरेपछि दुई वर्षसम्म कुनै पनि नियुक्ति लिन नपाउने प्रावधान विधेयकमा समावेश गरिएको जानकारी दिइन् ।
उनका अनुसार निजामती सेवाबाट बाहिरिएको दुई वर्षसम्म सम्बन्धित कर्मचारीले सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य कुनै पनि प्रकारका नियुक्तिमा नियुक्त हुने अनुमति हुने छैन ।