Butwal Today

गोरखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, १७ भदौ ।

गोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा स साना रेक्टरका भूकम्पहरु दोहोरिँदै गएको केन्द्रको भनाइ छ ।

भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?