Butwal Today

मनसुनको प्रभाव कम, केही स्थानमा मात्र वर्षा

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ,१७ भदौ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मनसुनी प्रभाव सामान्य देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदलीको अवस्था छ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमानअनुसार आज देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।