Butwal Today

रोटरी डाउनटाउन ‘वर्षको उत्कृष्ट क्लब’ घोषित

१५ भाद्र २०८२, आइतबार
अ+
अ-

बुटवल, १५ भदौ ।
रोटरी क्लब अफ बुटवल डाउनटाउन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानमा वर्ष २०२४/२५ को ‘आउट स्ट्याडिङ क्लब अफ द ईयर’ घोषित भएको छ । डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तरगत रहेका १६० क्लबहरुमध्ये वर्षकै उत्कृष्ट क्लबको रुपमा घोषित हुदै सम्मानित भएको हो ।

रिजन ५ मा नै क्लबहरुमध्येबाट डाउनटाउनका अध्यक्ष बेष्ट प्रेसिडेन्ट, क्लब एडमिनिष्ट्रेसन, क्लब बुलेटिन, फोर वे टेष्ट डिष्टिब्युसन, शान्ति र द्धन्द्ध तथा मेम्बरसिप रिटेन्सनमा विजेता बन्न सफल भएको थियो । यसैगरि सर्भिस प्रोजेक्ट एजुकेसन सेक्टर र मेम्बर ग्रोथमा उपविजेता बन्दै क्लब यो वर्ष १० विद्यामा उत्कृष्ट बन्दै ईतिहास रच्न सफल भएको वर्ष २०२४/२५ का अध्यक्ष शिव ज्ञवालीले बताए । आफ्नो कार्यकालमा रोटरीको मुलमर्म अनुसार डिष्ट्रिक अन्तरगतका ठुला परियोजनासहित समुदायमा धेरै कामहरु गर्न सफल भएको उनले दाबी गरे । ‘हामीले पाल्पामा छात्रा ट्वाईलेट तथा गुल्मी खर्साङको जनमाबिमा १० लाख रुपैयाको डिष्ट्रिकको ग्राण्ड स्वीकृत गरेका थियौ ।’–उनले भने ।

काठमाडौं सम्पन्न मेम्बरसिप र पब्लिक ईमेज सेमिनार कार्यक्रममा क्लबका मेम्बरसिप चेयर विवेक पन्तलाई डिजि राजेन्द्रमान शेरचनले सो सम्मानपत्रबाट सम्मानित गरेका छन । क्लबका वर्ष २०२५/२६ का अध्यक्ष बाबुराम बन्जाडेले विगतमा भएका राम्रा परियोजनालाई निरन्तरता दिदै यो वर्ष समेत रचनात्मक कार्यमा जोड दिने प्रतिवद्धता जनाए । क्लबबाट महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, प्रविधिमैत्री योजनाहरुमा विशेष जोड दिदै आएको उनले बताए ।