Butwal Today

लायन्स क्लब अर्घाखाँची पाणिनिले हस्तान्तरण गर्याे विपन्न परिवारलाई खाद्यान्न

२३ श्रावण २०८२, शुक्रबार
अ+
अ-

अर्घाखाँची, २३ साउन ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं.७ अडगुरीमा रहेका अति विपन्न डाेलबहादुर रेश्मी परिवारलाई लायन्स क्लबले खाद्यान्न, लत्ताकपडा सहयोग हस्तान्तरण गरेको छ ।

लायन्स क्लबकाे सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्सका सदस्यहरूले आर्थिक सहयोग सङ्कलन गरेर चामल, दाल, तेल लगायत खाद्यान्न तथा कपडा सेट उपलब्ध गराएको हो ।

घरमा एक्लै रहनुभएका रेश्मी अपाङ्ग समेत रहेमा छन्, लायन्सले सुरु गरेको खाद्यान्न हस्तान्तरण सुरुवात भएको भन्दै आवासको व्यवस्थापनमा पनि लायन्सले पहल गरिरहने लायन्स क्लब वर्ष २०२४/०२५ का अध्यक्ष अर्जुन पोख्रेलले बताए ।

हस्तान्तरण कार्यक्रममा पाणिनि गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले `क्लब मानवीय सामाजिक रूपमा क्रियाशील रहेको बताउँदै निरन्तर समाजसेवामा लाग्न आग्रह गरे ।´

हस्तान्तरण कार्यक्रममा शिवमदन माविका व्यवस्थापन समिति अध्यक्ष तुल्सीराम पौडेल, लायन्स क्लब वर्ष २०२५/०२६ का अध्यक्ष विष्णुभक्त पाेख्रेल, प्रथम उपाध्यक्ष राजेन्द्र पौडेल, द्वितीय उपाध्यक्ष घनश्याम पौडेल, सचिव कृष्णप्रसाद गैरे, सहसचिव ठाकुर अधिकारी लगायत लायन्स सदस्यहरू, शिवमदन माविका विद्यार्थी, शिक्षकहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?