Butwal Today

सिन्धुलीबाट बेपत्ता हायू परिवार आफन्तको जिम्मामा

१३ श्रावण २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १३ साउन ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका उर्मिला हायूको परिवार कास्की जिल्लाको पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका छन्।

उनीहरु सोमबार साँझ पोखरा–३० मा अवस्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार उर्मिला हायूको परिवारलाइ ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाइएको हो। यो प्रक्रिया वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा सम्पन्न गरिएको हो।

धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन्। प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?