दाङ,३१ असार।
दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा एक महिने महायज्ञ तथा महाआरती संचालन हुने भएको छ । यही साउनको १ गतेदेखि ३२ गतेसम्म श्री शिव महापुुराण सत्संग ज्ञान महायज्ञ एवं श्रीगारिक महाआरती संचालन हुने भएको हो ।
पाण्डवेश्वर महादेव धामको धार्मिक तथा पर्यापर्यटकिय प्रवद्र्धन एवं सनातन धार्मिक जागरणका लागि मन्दिरले एक महिने महायज्ञ तथा श्रीगारिक महाआरती संचालन गर्न लागेको हो । मन्दिर व्यवस्थापन समितिले एक महिने धार्मिक महायज्ञ तथा श्रृगांरिक महाआरतीको तयारी बारेमा जानकारी दिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीले महायज्ञ तथा महाआरतीलाई भव्यताकासाथ सफल बनाउन विभिन्न उप–समिति गठन गरिएको जानकारी दिएका छन् । शिव महापुराण सत्संग ज्ञान महायज्ञ तथा श्रृगांरिक महाआरतीमा विभिन्न धार्मिक दैनिक कार्यक्रम संचालन गरिने छ । जसमा आरती संकल्प, ब्राह्मण भोजन संकलन, प्रसादी वितण संकलन, रुद्राभिषेक संकलन र श्रावण ३१ गते सामूहिक लक्ष्यवर्तिका दिप प्रज्वलन कार्यक्रम तय गरिएको छ । साउन १ गतेदेखि साउन ३२ गतेसम्म बिहान ४ बजेदेखि बिहान ६ बजेसम्म, रुद्राभिषेक नृत्य पुजा, बिहान ७ देखि १० बजेसम्म पाठ पारायाण, बिहान साढे ११ बजेदेखि दिउसो साढे ३ बजेसम्म कथा प्रवचन तथा श्रवण र साढे ३ बजेदेखि कथा समापन तथा आरती संचालन हुने मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिए ।
मन्दिर परिसरभित्र महायज्ञ अवधीभर भक्तजनहरुको किनमेलका लागि २५ वटा स्थानीय उत्पादनका विभिन्न स्टल तथा वाल उद्यान संचालन गरिने छ ।
धार्मिक तथा पुजन कार्यक्रमलाई बिधिबत बनाउनकालागि शुल्क निर्धारण गरिएको छ । रुद्राभिशेक गर्न चाहने भक्तजनले ३ हजार रुपैया प्रदान गर्नुपर्ने छ। लघु रुद्री गर्न चाहने भक्तजनले ४ हजार प्रदान गर्नुपर्ने छ । लक्ष्यबर्तिका लगाउन चाहने भक्तजनले ४हजार ५ रुपैया प्रदान गर्नुपर्ने छ । त्यसैगरी चौरासी पुजा गर्न चाहने भक्त जनले ८४८४ रुपैया जम्मा गर्नुपर्ने छ। जन्म दिन मनाउन चाहने भक्तजनले १ हजार १सय रुपैया जम्मा गर्नुपर्ने छ । ग्रह पुजागर्न चाहने भक्तजनले १हजार १ सय रुपैया जम्मा गर्नुपर्ने छ नागपुजा गर्न चाहने भक्तजनले १हजार १ सय रुपैया जम्मा गर्नुपर्ने छ । ब्राह्मण भोजन गर्न चाहने भक्तजनले २ हजार ५ सय रुपैया जम्मा गर्नुपर्ने छ । प्रसाद बितरण गर्न चाहने भक्तजनले २ हजार रुपैया जम्मा गर्नुपर्ने छ । ब्रतबन्ध गर्न चाहने भक्तजनले १ हजार १ सय रुपैया( बटुकको संख्या अनुसार) जम्मा गर्नुपर्ने छ । चुडाकर्म गर्न चाहने भक्तजनले ५ सय ५ रुपैया जम्मा गर्नुपर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
यही साउन २ गते देखि २९ गतेसम्म जिल्लास्तरीय लोकभजन प्रतियोगिता सञ्चालन गर्ने र उत्कृष्ट भजन टीमलाइ बिजेता घोषणा गरि पुरस्कारको ब्यबस्था गरिएको मन्दिर व्यवस्थापन समिति सचिव बिस्णुराम आचार्यले जानकारी दिए ।
साउन ३० गते १ करोड दीप प्रज्ज्वलन गरिने कार्यक्रम रहेको छ । १ हजार देखि ५ हजार बात्तिका दान गर्न चाहने भक्तजनले १ हजार ५ रुपैयाँ प्रदान गर्नुपर्ने छ । ५ हजार देखि १० हजार बत्तीका लागि १५ सय ५ रुपैयाँ । १० हजार देखि २० हजार बत्तिका लागि २ हजार ५ । २० हजार देखि ४० हजार बत्तिका लागी ३ हजार ५ रुपैया । ४० हजार देखि ८० हजार बत्तिका लागि ४ हजार ५ सय ५ रुपैया । ८० हजार देखि १ लाख बत्तिका लागि ५ हजार ५ रुपैयाँ । १ लाख देखि २ लाख बत्तिका लागि ६ हजार ५ रुपैया ।२ लाख देखि ३ लाख बत्तिका लागि ७ हजार ५ रुपैया ,३ लाख देखि ४ लाख बत्तिको लागि ८ हजार ५ रुपैया , ४ लाख देखि ५ लाख बत्तिका लागि ९ हजार ५ रुपैया लाग्ने छ। बत्ति बाल्दा चाहिने सामाग्री खरिद गर्नका लागि बत्ति दान गर्ने दाताले पैसा जम्मा गर्नुपर्ने सञ्चालक समितिका सचिव बिस्णुराम आचार्यले जानकारी दिए ।