© २०२३
काठमाडौं।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (असार ३०) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
दलका ३२ जना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सन्देश पठाउँदै, “प्रमुख विपक्षी दलको नेताको हैसियतले प्रचण्डज्यूले प्रतिनिधिसभामा सम्बोधन गर्नुहुन्छ, त्यसका लागि सबैको उपस्थिति आवश्यक छ,” भनेका छन्।
प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। प्रचण्डले हालको राजनीतिक अवस्था, सरकारको काम कारबाही र विपक्षी दलको दृष्टिकोणबारे धारणा राख्ने अपेक्षा गरिएको छ।