© २०२३
बुटवल, २९ असार । गायक तथा संगीतकार सुरज अधिकारी (सुर रक्स) को स्वर, शब्द तथा संगीत रहेको नयाँ गीत ‘गर्ल फ्रेन्ड छैन’ भिडियो सार्वजनिक भएकोे छ । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार सुर रक्स को नयाँ गीत सार्वजनिक भएको हो ।
निराजन कंडेलको सगित संयोजक, रोमान्टिक डान्सिङ्ग नम्बरमा सफल बस्नेतको कोरियोग्राफी तथा निर्देशन रहेको छ । भिडियोमा सफल बस्नेत,सबिना भण्डारी,उज्वल शर्माको अभिनय रहेको छ । सुरोज अधिकारीले भिडियोको छायांकन र सम्पादन गरेका छन् । भिडियो सफल बस्नेतको अफिसियल च्यानल मार्फत सार्वजनिक भएको छ ।
यो भन्दा पहिले चलचित्र ’ए साथी सुन’ को शिर्ष गित ’ची मुसी चि’ मा ’तिमिले माग्छौ भने मुटु’ सोही चलचित्रमा शब्द संगीत भएको ’आउ आज मायाँको, नरिसाउँन प्लिीज, लगायत म्युजिक भिडियो जीवन सुनमा सुगन्ध, मुटु र तिमिमा, तिमी रिसाउँदा,भुलौ जे भयो,मैंले तिम्रो नाम लिएँ’ ’केटो भाग्यमानी’ सहित नेपाली गीत संगीतमा सक्रिय सुर रक्सले २ दर्जन भन्दा बढी गीतमा संगीत भरि सकेका छन् ।