Butwal Today

कपिलवस्तुमा बस दुर्घटना, २९ जना घाइते

२९ असार २०८२, आइतबार
अ+
अ-

चन्द्रौटा(कपिलवस्तु), २९ असार । कपिलवस्तुमा आईतबार बिहान यात्रुबाहक बस भएको छ । काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस बिहान करिब ४ बजेको समयमा चन्द्रौटा र गोरुसिङ्गे बीचको बेल नदी नजिकै दुर्घटनामा परेको हो ।

लु.प्र. ०२–००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि २९ जना यात्रुहरु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेलाई बुटवलस्थित अस्पतालमा रिफर गरिएको छ भने अन्य घाइतेको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण भने अझै खुलेको छैन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक चुदालीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?