© २०२३
बुटवल ।
अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–१२ बाँसखर्कमा आफ्नै बाबुको हत्या गरेको आरोपमा एक छोरा पक्राउ परेका छन्। प्रहरीले दिएको जानकारीअनुसार ४० वर्षीय झुपे नेपालीले आफ्ना ७२ वर्षीय बुबा जंगबहादुर नेपालीलाई कुटपिट गरेका थिए, जसका कारण घटनास्थलमै जंगबहादुरको मृत्यु भएको हो।
घटना बिहीबार साँझ भएको बताइएको छ। खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको टोलीले झुपे नेपालीलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या किन र कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ।