ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइँदै

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

 बुटवल । 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुने गरी सेवा बिस्तारको काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएको र उक्त चापलाई मध्यनजर गर्दै सेवा बिस्तारका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगामी असोज भित्र सञ्चालनका ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्ग रोगन लगायत संरचनागत सुधारका कामहरू तीव्र रूपमा भइरहेको मेसु ढकालले जानकारी दिए । अस्पतालको आकस्मिक कक्ष रहेको भवनमा ट्रस्ट निर्माण गरी अहिले इन्टेरियरको काम भइरहेको छ । अस्पताल हाल ६० वटा आकस्मिक बेड तथा ४५ वटा मेडिसिन बेड रहेका छन् ।

आकस्मिक विभाग प्रमुख डा. सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बढी आकस्मिक स्वास्थ्य सेवाका लागि बिरामीहरू अस्पतालमा आउने गर्दछन् । त्यस मध्ये ७० प्रतिशत बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नुपर्ने खालका हुने गरेको उनले बताए । मेडिसिन वार्डमा बेडको सङ्ख्या थोरै भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा २÷३ जनासम्म राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए । ‘आकस्मिक कक्षमा तत्काल उपलब्ध गराउनु पर्ने स्वास्थ्य उपचारपछि मेडिसिन वार्डमा पठाउनु पर्ने भए पनि बेड अभावका कारण आकस्मिक कक्षमै हप्ता दिनसम्म पनि राख्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।’–डा. सुनिलले भने, ‘अब मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएपछि विगतको समस्या ५० प्रतिशत बढीले घट्ने अपेक्षा गरेका छौँ ।’ मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएसँगै अब बिरामीले भूँईमा बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

अस्पतालमा आकस्मिक सेवातर्फ पनि विभिन्न ३ वटा रङ्गहरूमा विभाजन गरिएको छ । जस अन्तरगत तत्कालै उपचार दिनु पर्ने बिरामीलाई रातो अर्थात् ‘रेड जोन’मा राखिन्छ भने मध्यम खालका बिरामीलाई हरियो अर्थात् ‘ग्रिन जोन’ तथा सामान्य उपचारपछि घर पठाउन मिल्ने बिरामीलाई पहेँलो अर्थात् ‘एल्लो जोन’मा राख्ने गरिएको डा. सुनिलले बताए । यस बाहेक थप केही दिन उपचार सेवा उपलब्ध गराउनु पर्ने बिरामीलाई मेडिसिन वार्डमा पठाउने गरिन्छ । यद्यपि मेडिसिन वार्डमा बेड सङ्ख्या निकै कम भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा ३ जनासम्म राखेर उपचार दिनुपर्ने बाध्यता रहेको हो । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजय मान श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि आउने सेवाग्राहीको गुनासोलाई मध्यनजर गरी सेवा बिस्तारको काम अघि बढाइएको बताए । पर्याप्त पूर्वाधार, जनशक्ति, उपकरण तथा प्रविधिको अभावका कारण स्वास्थ्य सेवाका कतिपय आधारभूत कुराहरू अझै नपुगेको बताउँदै उनले यसलाई पूर्णता दिनका लागि विकास समिति प्रयासरत रहेको दाबी गरे ।

‘हामीलाई उपलब्ध सीमित साधन स्रोतका बाबजुद पनि लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको क्षमता दोब्बर बनाइँदै बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको क्षमता दोब्बरले वृद्धि हुने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको क्षमता दोब्बरले वृद्धि हुने गरी सेवा बिस्तारको काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक भएको र उक्त चापलाई मध्यनजर गर्दै सेवा बिस्तारका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । आगामी असोज भित्र सञ्चालनका ल्याउने गरी थप ४५ वटा मेडिसिन बेडका लागि ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रङ्ग रोगन लगायत संरचनागत सुधारका कामहरू तीव्र रूपमा भइरहेको मेसु ढकालले जानकारी दिए । अस्पतालको आकस्मिक कक्ष रहेको भवनमा ट्रस्ट निर्माण गरी अहिले इन्टेरियरको काम भइरहेको छ । अस्पताल हाल ६० वटा आकस्मिक बेड तथा ४५ वटा मेडिसिन बेड रहेका छन् ।

आकस्मिक विभाग प्रमुख डा. सुनिलकुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बढी आकस्मिक स्वास्थ्य सेवाका लागि बिरामीहरू अस्पतालमा आउने गर्दछन् । त्यस मध्ये ७० प्रतिशत बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नुपर्ने खालका हुने गरेको उनले बताए । मेडिसिन वार्डमा बेडको सङ्ख्या थोरै भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा २÷३ जनासम्म राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए । ‘आकस्मिक कक्षमा तत्काल उपलब्ध गराउनु पर्ने स्वास्थ्य उपचारपछि मेडिसिन वार्डमा पठाउनु पर्ने भए पनि बेड अभावका कारण आकस्मिक कक्षमै हप्ता दिनसम्म पनि राख्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।’–डा. सुनिलले भने, ‘अब मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएपछि विगतको समस्या ५० प्रतिशत बढीले घट्ने अपेक्षा गरेका छौँ ।’ मेडिसिन वार्डमा बेड सङ्ख्या थप भएसँगै अब बिरामीले भूँईमा बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा आकस्मिक सेवातर्फ पनि विभिन्न ३ वटा रङ्गहरूमा विभाजन गरिएको छ । जस अन्तरगत तत्कालै उपचार दिनु पर्ने बिरामीलाई रातो अर्थात् ‘रेड जोन’मा राखिन्छ भने मध्यम खालका बिरामीलाई हरियो अर्थात् ‘ग्रिन जोन’ तथा सामान्य उपचारपछि घर पठाउन मिल्ने बिरामीलाई पहेँलो अर्थात् ‘एल्लो जोन’मा राख्ने गरिएको डा. सुनिलले बताए । यस बाहेक थप केही दिन उपचार सेवा उपलब्ध गराउनु पर्ने बिरामीलाई मेडिसिन वार्डमा पठाउने गरिन्छ ।

यद्यपि मेडिसिन वार्डमा बेड सङ्ख्या निकै कम भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा ३ जनासम्म राखेर उपचार दिनुपर्ने बाध्यता रहेको हो । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजय मान श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि आउने सेग्राहीको गुनासोलाई मध्यनजर गरी सेवा बिस्तारको काम अघि बढाइएको बताए । पर्याप्त पूर्वाधार, जनशक्ति, उपकरण तथा प्रविधिको अभावका कारण स्वास्थ्य सेवाका कतिपय आधारभूत कुराहरू अझै नपुगेको बताउँदै उनले यसलाई पूर्णता दिनका लागि विकास समिति प्रयासरत रहेको दाबी गरे । ‘हामीलाई उपलब्ध सीमित साधन स्रोतका बाबजुद पनि धेरैभन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवाका लागि हाम्रो प्रयास हो । सोही प्रयास अनुसार अस्पतालको आकस्मिक स्वास्थ्य सेवा थप सहज हुने गरी बेड सङ्ख्या थप गर्न लागिएको छ ।’–अध्यक्ष श्रेष्ठले भने, ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पनि मेडिसिन बेड सङ्ख्याको ५ प्रतिशत आकस्मिक कक्षमा बेड हुनै पर्ने भन्ने छ, तर हामीकहाँ ठिक उल्टो छ । अब यसलाई सुधार गर्ने प्रयासमा हामी छौँ ।’ अस्पतालमा हाल रहेको ६० वटा आकस्मिक बेड सेवाको हिसाबले पनि १२ सय मेडिसिन बेड सङ्ख्या हुनुपर्ने उनी बताउँछन् ।

यसका साथै अस्पतालका अन्य सेवाहरूको सुधार तथा विकास लागि समितिले योजनाबद्ध काम गर्दै जाने श्रेष्ठले बताए । अस्पतालले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ७२ हजार २४४ जना सेवाग्राहीले आकस्मिक कक्षमा सेवा लिएका छन् । यस तथ्याङ्कलाई आधार मान्दा दैनिक करिब २ सय बिरामी आकस्मिक कक्षमा स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । अस्पतालका मेसु डा. ढकालले लुम्बिनी प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई कम गर्ने गरी पनि अस्पताले अघि बढ्ने बताए । अस्पतालमा प्रसूति सेवालाई थप बिस्तार गर्दै लैजाने आगामी योजना बताउँदै उनले असुरक्षित प्रजनलाई कम गरी मातृ–शिशु मृत्यु दर कम गर्ने लक्ष्य रहेको उल्लेख गरे । धेरैभन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवाका लागि हाम्रो प्रयास हो । सोही प्रयास अनुसार अस्पतालको आकस्मिक स्वास्थ्य सेवा थप सहज हुने गरी बेड सङ्ख्या थप गर्न लागिएको छ ।’–अध्यक्ष श्रेष्ठले भने, ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पनि मेडिसिन बेड सङ्ख्याको ५ प्रतिशत आकस्मिक कक्षमा बेड हुनै पर्ने भन्ने छ, तर हामीकहाँ ठिक उल्टो छ । अब यसलाई सुधार गर्ने प्रयासमा हामी छौँ ।’

अस्पतालमा हाल रहेको ६० वटा आकस्मिक बेड सेवाको हिसाबले पनि १२ सय मेडिसिन बेड सङ्ख्या हुनुपर्ने उनी बताउँछन् । यसका साथै अस्पतालका अन्य सेवाहरूको सुधार तथा विकास लागि समितिले योजनाबद्ध काम गर्दै जाने श्रेष्ठले बताए । अस्पतालले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ७२ हजार २४४ जना सेवाग्राहीले आकस्मिक कक्षमा सेवा लिएका छन् । यस तथ्याङ्कलाई आधार मान्दा दैनिक करिब २ सय बिरामी आकस्मिक कक्षमा स्वास्थ्य उपचारका लागि आउने गर्दछन् । अस्पतालका मेसु डा. ढकालले लुम्बिनी प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई कम गर्ने गरी पनि अस्पताले अघि बढ्ने बताए । अस्पतालमा प्रसूति सेवालाई थप बिस्तार गर्दै लैजाने आगामी योजना बताउँदै उनले असुरक्षित प्रजनलाई कम गरी मातृ–शिशु मृत्यु दर कम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?