© २०२३
बुटवल, २६ असार । बढ्दो सडक दुर्घटना र सामाजिक संजालको दुरुपयोगलाई मध्येनगर गरि विहिबार बुटवलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धार्थको आयोजनामा एभरेस्ट मा.वि.का कक्षा १२ का विद्यार्थीहरुलाई एक दिने दुव्र्यसन, साइबर सुरक्षा तथा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो ।
कार्यक्रमको डिष्ट्रिक ३२५ पि, नेपाल एरिया ४, एरिया चिफ प्रविना घिमिरे उद्घाटन गर्दै युवा र समुदायको विषयबस्तुलाई उजगार गर्ने गरि आयोजना गरिएको कार्यक्रम उपयोगी र प्रभावकारी भएको बताईन ।
कार्यक्रममा वडा प्रहरी कार्यालय रामनगरबाट प्रहरी निरिक्षक विष्णुबहादुर बस्नेत साइबर सुरक्षा सम्बन्धी तथा प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुलीले दुव्र्यसन र सडक सुरक्षाको बारेमा आफनो प्रस्तुती दिएका थिए । विशेषगरि साइबर अपराध, दुव्र्यसनीबाट हुने दुष्परिणाम र सुरक्षित सडक प्रयोगका विषयमा प्रस्तुति केन्द्रित रहेको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष राजु भारीले सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरूमाझ सचेतना जगाउने गरि वर्षभरि नै विविध कार्यक्रम गरिने बताए ।