ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

जापान जाने युवालाई अनधिकृत भाषा परीक्षामा बाध्य पारिँदै : सांसद गौतम

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

 काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापानको भिसा प्राप्त गरिसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई अनाधिकृत भाषा परीक्षा दिन बाध्य बनाइएको भन्दै संसदमा आपत्ति जनाएकी छिन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘जान’ नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनका अनुसार भिसा तथा पाइसकेका युवालाई पनि अनावश्यक रूपमा दोहोरो भाषा परीक्षा दिन बाध्य बनाइएको छ।

“भाषा पास गरेर सीओई पाइसकेकालाई अनावश्यक परीक्षा दिन बाध्य पारिएको छ। ती युवाहरू अहिले हतास, निराश र आक्रोशित छन्,” उनले भनिन्, “हजारौँ युवाको रोजगार सपना यसरी भत्किँदै गएको छ, तर सरकार चुपचाप छ।”

गौतमले यो विषयमा वैदेशिक रोजगार व्यवसायी, उपभोक्ता अधिकारकर्मी र मिडियाले पटक–पटक सरकारको ध्यानाकर्षण गराएको भए पनि सरकारले कुनै सुनुवाइ नगरेको आरोप लगाइन्। अन्ततः मानव अधिकारकर्मीहरूले मुद्दा सर्वोच्च अदालतमा दायर गरेपछि मात्र यसमा केही गति आएको उनको भनाइ थियो।

सांसद गौतमका अनुसार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ र असार १६ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाइएको छ।

उनले सरकारसँग यस्तो अनियमिततालाई तत्काल अन्त्य गरी, युवाहरूको आत्मबल, रोजगारी सपना र निष्पक्ष प्रक्रियामा संरक्षण दिनु पर्ने माग गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?