Butwal Today

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल जारी

२४ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

छलफलमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल र एमाले उपमहासचिवसमेत रहेका प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत पनि सहभागी छन्।

करिब एक घण्टादेखि सत्ता गठबन्धनका नेताबीच छलफल चलेकाे हाे।  कांग्रेसको बैठक लगत्तै देउवा ओलीसँगको छलफलको लागि बालुवाटार गएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?