© २०२३
बुटवल, २३ असार । छैठौं सियान अन्तर्राष्ट्रिय युवा ग्रीष्मकालीन शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सियान नगर शिक्षा ब्यूरोको आयोजना र सियान विश्वविद्यालयको व्यवस्थापनमा सियान विश्वविद्यालयमा सात दिनसम्म चलेको शिविरमा सात वटा अनुसन्धान समूहहरू गठन गरि छलफल गरिएको थियो । जसमा कानूनी दर्शन, सहर व्यवस्थापन, अमूर्त सांस्कृतिक सम्पदा संरक्षण, टाङ वंशीय संस्कृति, अन्न तथा तेल उद्योग, प्राकृतिक सौन्दर्य र विमान तथा ढुवानी क्षेत्र लगायतका विषयहरूमा केन्द्रित रहेर अनुसन्धान गरे । स्थलगत अवलोकन, विज्ञहरूसँग अन्तर्वार्ता तथा व्यवहारिक अनुभवमार्फत हरेक समूहले महत्वपूर्ण अनुसन्धान नतिजाहरू प्रस्तुत गरे ।
गहिरो अध्ययन र उत्साही छलफलहरू मार्फत सहभागीहरूले सियानको गहिरो इतिहास र समकालीन विकासलाई अझ राम्रोसँग बुझ्न सकेका छन् । साथै उनीहरूबीच आपसी मित्रता र सहकार्य पनि बलियो बनेको छ, जसले “सिल्क रोडको सुरुवात, साझा भविष्य“ भन्ने मुख्य विषयलाई व्यवहारमा उतारेको छ ।
शिविरमा ३४ वटा देशका ६९ जना विश्वविद्यालयका विद्यार्थीहरूले सियानको समृद्ध इतिहास, संस्कृति र आधुनिक विकासको गहिरो अध्ययन तथा अनुसन्धान गरेका थिए ।
जुलाई ७ तारिखका दिन शुरु भएको कार्यक्रममा ४० भन्दा बढी देशका ३०० भन्दा बढी अन्तर्राष्ट्रिय युवा सियान आएका छन् । यस शिविरले विश्वभरका युवाहरुलाई चिनियाँ संस्कृति सिक्ने, अनुभव गर्ने र विचार आदानप्रदान गर्ने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको छ ।