© २०२३
पाल्पा, २३ असार । भैरवनाथ मन्दिर व्यवस्थापन समितिको नयाँ समिति गठन प्रक्रियाको बाटो खुलेको छ । उच्च अदालत तुलसीपुर बुटवलले समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा रिट जारी गरेपछि नयाँ समिति गठनको बाटो खुलेको हो ।
रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको छ । निवेदनमा उच्चका न्यायाधीशद्वय जगतबहादुर थापा र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले सोमबार रिट जारी गरेको अधिवक्ता बाबुराम पाण्डेले बताए । निवेदक पोखरेलले वडा अध्यक्ष सोमबहादुर कार्की, मालपोत कार्यालय पाल्पा, गुठी संस्थान प्रधान कार्यालय, दिलिप रायमाझी र गठीत मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाएर उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उच्चले जेठ ७ गते २०८१/०७/२७ मा दिलिप रायमाझी अध्यक्ष भई गठन गरिएको समिति कानुन अनुसार नभएकाले सो समितिको काम कारवाहीमा रोक लगाउनुु पर्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।