ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पामिरले ग-यो एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

तिलोत्तमा, २३ असार ।

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

एसइई परीक्षामा ३.९३ जिपिए ल्याउन सफल उषा अधिकारीलगायत २५ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पामिरले सम्मान गरेको हो । विद्यालयले ए प्लस ल्याएका नौ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो भने अन्य विद्यार्थीहरुलाई अविर, खादा र मायाको चिनोद्वारा सम्मान गरेको थियो । त्यस्तै विद्यालयका नेपाली शिक्षक केशव खनालले आफ्नो विषयमा ए प्लस ल्याउने चारजना विद्यार्थीहरुउषा अधिकारी, इशान ज्ञवाली, इश्मा दर्लामी र आविष्कार नेपालीलाई जनही नगद ५ हजार सहित सम्मान गरेका थिए ।

 कार्यक्रमकै अवसरमा विद्यालयका प्राचार्य गोपाल गौतम, शिक्षकहरु अमित राना, विनोद रणपाल, केशव खनाल, गोपाल ज्ञवाली, सम्झना श्रेष्ठ, अर्जुनप्रसाद पन्तलगायतलाई पनि सम्मान गरिएको थियो ।

विद्यार्थीहरुलाई सम्मान गर्दै तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सिंगो तिलोत्तमाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारिरहेको र २ नम्बर वडा शैक्षिक प्रगतिको केन्द्र बनिरहेको बताए । उनले पामिरले ल्याएको नतीजा तिलोत्तमाकै लागि महत्वपूर्ण उपलब्धि रहेको चर्चा गर्दै उत्तीर्ण सबै विद्यार्थीहरुको आगामी शैक्षिक सफलताको लागि शुभकामना दिए ।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै पामिरले यसवर्ष अहिलेसम्मकै उत्कृष्ट नतीजा हासिल गर्न सफल भएको बताए ।

गतवर्षको एसइईमा तिलोत्तमामै प्रथम भएको पामिरले विद्यालयको इतिहासमा भने यसवर्ष अहिलेसम्मकै उत्कृष्ट नतीजा ल्याउन सफल भएको बताए । पामिरले शिक्षण सिकाईसँगसँगै व्यावहारिक सिकाईलाई पनि जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

विद्यालयका प्राचार्य गोपाल गौतमले जिपिए फोर मात्रै ठूलो कुरा नभएको भन्दै विद्यालयमा विद्यार्थीले कस्तो ज्ञान र शिक्षा हासिल गर्छन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीहरुको आगामी शैक्षिक यात्राको शुभकामना समेत दिए ।

त्यस अवसरमा विद्यालयका शिक्षा समितिका संयोजक वसन्त जोशी, अभिभावकको तर्फबाट रामबहादुर खड्का, विद्यालयका शिक्षक केशव खनाल, ३.९३ जीपीए ल्याउन सफल विद्यार्थी उषा अधिकारीलगायतले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?