ट्रेंडिंग:

>> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी

रामको जन्मभूमि नेपालमै हो : प्रधानमन्त्री ओली

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

 काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः भगवान रामको जन्मस्थल नेपालमै पर्छ भन्ने दाबी गरेका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले रामको जन्मभूमि चितवनको माडीस्थित ठोरीमा पर्छ भन्ने अघिल्लो दाबी दोहोर्‍याएका हुन्।

प्रधानमन्त्री ओलीले कोही पनि केवल “कथा हालेर” रामको जन्मस्थान परिवर्तन गर्न नसक्ने उल्लेख गरे। “राम जन्मिएका ठाउँ अहिले नेपालको भूमिमा पर्छ,” उनले भने, “त्यो बेला के थियो म भन्दिनँ, थारु गाउँ थियो कि के थियो, तर अहिले त्यो भूभाग नेपालमा पर्छ।”

उनले रामायण, विशेषतः वाल्मीकिकृत रामायणमा विश्वामित्रले राम र लक्ष्मणलाई शिक्षा दिन कोशी नदी पार गरेको प्रसंग उल्लेख गर्दै त्यसले पनि रामको जन्मस्थल नेपालमा पर्दछ भन्ने तर्क पुष्टि हुने बताए।

“शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्। अनि राम पनि यहीँ जन्मेका हुन्,” उनले भने। “हामी प्रचार गर्न डराउँछौं। कसैको रिसले डराउँछौं। साँचो बोल्दा रिसाउँछ कि भनेर मुख थुन्छौं भने के गरी खान्छौं?” भन्दै उनले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्व उजागर गर्न आह्वान गरे।

प्रधानमन्त्री ओलीले पर्यटन प्रवर्द्धनमा आधुनिक प्रविधिको प्रयोग आवश्यक भएको बताउँदै नेपालको प्रचारप्रसारका लागि अनलाइन माध्यम पर्याप्त हुने धारणा राखे। “टुरिजम बोर्ड विदेश गइरहनु पर्दैन,” उनले भने, “नेपालमै बसेर विश्वभर प्रचार गर्न सकिन्छ।” उनको पछिल्ला अभिव्यक्तिहरूले पुनः रामको जन्मस्थलसम्बन्धी बहसलाई ताजा बनाएको छ, जुन पहिले पनि विवादास्पद बनिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?