© २०२३
काठमाडौं ।
सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्नबाट प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बसिरहेको छ। बैठकले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकका कार्यसूचीहरू तय गर्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची तय गरिएको छ। साथै, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिबारे औपचारिक जानकारी दिने कार्यक्रम पनि रहेको छ।
त्यस्तै, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची पनि बैठकमा समावेश गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठक संसद्को चालु अधिवेशनको महत्वपूर्ण बैठकमध्ये एक मानिएको छ, जहाँ विधायनसँगै कार्यपालिका सम्बन्धी सूचनाहरू प्रस्तुत हुने छन्।