Butwal Today

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

२३ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्।

पेरिसमा आयोजना हुने यस महत्वपूर्ण बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।

मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च पदस्थ अधिकारीहरूले बिदाइ गरेका थिए।

मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटको अन्तर्राष्ट्रिय मान्यता स्थापना गर्ने दिशातर्फको महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।

तिलौराकोटलाई ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण लामो समयदेखि विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको थियो। मन्त्रालयले यसमा आफ्नो स्वामित्व प्रस्ट पार्दै आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरिया प्रतिनिधित्व गर्छन्। कमिटीका निर्णयहरू बहुमतको आधारमा हुने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?