ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

“बजेट प्रक्रिया अघि बढाउन मेयरसँग प्रत्यक्ष भेटेरै आग्रह गरेकी छु” : उपप्रमुख डङ्गोल

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

काठमाडौं ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरको बजेट प्रक्रिया संविधान र कानुनले तोकेको परिधिभित्र रहेर संयमता र सहकार्यको भावनाका साथ अघि बढाउन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै डङ्गोलले बजेटप्रति देखिएको अन्योल र ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सबैलाई खुलेर छलफल गर्न र वातावरण सम्हालेर अघि बढ्न आग्रह गरेकी हुन्। “डुङ्गा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्र बच्ने बाटो खोज्नु दुर्भाग्यपूर्ण हुन्छ,” उनले लेखेकी छन्, “हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ।”

उनले कानुनी रूपमा महानगरपालिकाले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने बाध्यता भएको स्मरण गराउँदै, अझैसम्म कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति, र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता बैठकहरू समेत नबसेकोप्रति चिन्ता व्यक्त गरिन्।

उपप्रमुख डङ्गोलले आफूले ‘सहकार्य, सहमति र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै सुरु देखिनै सकारात्मक भूमिका निर्वाह गर्दै आएको बताउँदै, महानगरवासीको बृहत्तर हितलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको स्पष्ट पारिन्। “मैले मेरो अधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग अनौपचारिक छलफलमा पनि बजेट समयमा ल्याउनुपर्ने विषय बारम्बार उठाउँदै आएकी छु,” उनले भनिन्।

उनले हालसम्म भएका अनौपचारिक छलफलहरू, विशेषतः मेयर, प्रवक्ता तथा अन्य कार्यपालिका सदस्यहरूसँगको संवादमा पनि यस विषयमा सकारात्मक संकेतहरू आएको उल्लेख गरिन्।

प्रमुख प्रशासकीय अधिकृतबारे उठेका विवादका सम्बन्धमा डङ्गोलले बैठकहरूमा उनको उपस्थिति अनिवार्य रहेको धारणा राखेकी छन्। “उहाँ बैठकबाट बाहिर हुँदा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने शंका जनतामा उठ्न सक्छ,” भन्दै उनले प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी गराई खुला प्रश्नोत्तरको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

डङ्गोलले निष्कर्षमा भनिन्, “जनताबाट निर्वाचित प्रतिनिधिको रूपमा हामीले आफ्नो जिम्मेवारी पूरा नगरे काठमाडौँबासीलाई धोका दिएको ठहरिनेछ। त्यसैले सहकार्य, सहमति र सहअस्तित्वको भावनाका साथ अगाडि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?