ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

मदानेमा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थीहरू सम्मानित 

२३ असार २०८२, सोमबार
२३ असार २०८२, सोमबार

गुल्मी, २३ असार ।

मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान तथा छात्रवृत्ति वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले उत्कृष्ट सबै जनालाई सम्मान गरेका हुन ।
कार्यक्रममा स्वैच्छिक अवकाश कोष प्रोत्साहन अनुदान अन्तर्गत सेवा निवृत्त शिक्षक चुरा बहादुर बोहोरालाई सम्मान गरिएको थियो । बोहोरालाई कर कट्टी बाहेक नगद एक लाख नगद सहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम पन्थीले जानकारी दिएका छन् ।

त्यस्तै भर्खरै सार्वजनिक भएको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक सञ्जय कुमार सेन, गाउँपालिका भित्र उत्कृष्ट नतिजा ल्याउने छात्रा अंशु पौड्याल र छात्र प्रशान्त भट्टराईलाई पनि सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताएकी छन् । उत्कृष्ट नतिजा ल्याउने दलित तर्फका छात्रा अप्सना विक र छात्र सूर्य बहादुर विक सम्मानित भएका छन् ।

जनजाति तर्फका उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रा मुना घर्ती र छात्र मञ्जिल श्रेष्ठ तथा प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा मुना थापालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । साथै सिकाई उपलब्धि परीक्षण अन्तरगत कक्षा ३, ५, ८ र नौ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई सम्मान गरिएको थियो भने सिकाइ उपलब्धी परीक्षामा कक्षा ३,५, ८ र ९ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी उपाध्यक्षसँग शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयले छनौट गरेर पठाएका ४४ जना जेहेन्दार, क्षमता प्रस्फुटन अन्तरगत २१ जनालाई सम्मान गरिएको थियो । वडा शिक्षा समितिले शिक्षक दरबन्दीको अनुपातको आधारमा सिफारिस गरेका ४० जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको हो ।  कार्यक्रममा विद्यालयका विभिन्न तहका प्रधानाध्यापकसँग गरिएको करार सम्झौता अनुसार उत्कृष्ट विद्यालयलाई अनुदान वितरण गरिएको मदाने गाउँपालिकाका शिक्षा शाखाका विषय विज्ञ खिम बहादुर कुँवरले जानकारी दिए ।

मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त सम्मान तथा छात्रवृत्ति कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश प्रकाश पारेकी थिइन । उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू, विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, अभिभावक तथा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?