© २०२३
बुटवल, २२ असार । उपचारमा लापरवाही भएको आरोपमा क्षतिपूर्ति भराउने उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले आइतबार देशभरका अस्पतालहरूमा एक घण्टा धर्ना कार्यक्रम गरेपछि आन्दोलनलाई थप सशक्त बनाउँदै सो निर्णय गरेको हो ।
संघका अध्यक्ष डा. कृष्ण खरेलका अनुसार आन्दोलनको चरणबद्ध कार्यक्रम अन्तर्गत २४ असारमा नेपाल मेडिकल काउन्सिलमा चिकित्सकहरूले प्रमाणपत्र फिर्ता बुझाउनेछन्। यस आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित ९ वटा संघ–संस्थाहरूले ऐक्यबद्धता जनाएको पनि उनले जानकारी दिए ।