ट्रेंडिंग:

>> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली >> दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ >> माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित >> भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु >> गुल्मी इस्मामा रोटरीले क्यान्सर परिक्षण शिविर गर्दै >> उपसभामुख प्रकरणमा वेट एण्ड वाचको सिचुयसनमा छौं- रास्वपा >> लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत >> स्व सरोज सिलवाल बन्दीको १७ औ स्मृतिमा रक्तदान >> उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष >> संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने

चुनाव नजिते पनि जनताको मन जित्न सफल भएँः थापा

१२ मंसिर २०७९, सोमबार
१२ मंसिर २०७९, सोमबार

बुटबल, १२ मङ्सिर ।

कपिलबस्तु क्षेत्र नं. २ (१) का लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह थापाले झिनो मतान्तरले चुनाव हारेपनि छोटो समयमा कपिलबस्तुवासीको मन जित्न भने सफल भएको वताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आगामी दिनमा पनि रणनीतिका साथ अघि बढ्ने र कपिलबस्तुवासीको यस्तै माया, प्रेम, सद्भाव र स्नेह प्राप्त भैरहने अपेक्षा राखेको समेत बताए । “प्राबिधिक रुपमा झिनो मतले चुनावमा पराजित भएपनि छोटो समयमा म तपाईहरुको मनमा बस्न सफल भएको छु”–सामाजिक सञ्जालमा लामो लेख प्रकाशितगर्दै थापाले भनेका छन् ।

आफनो निर्वाचन क्षेत्रमा बुथगत वा वडागत बाकसबाट मतगणनाको नयाँ परिपाटी बसालेर यस क्षेत्रमा पहिलेदेखि चल्दै आएको मतदातालाई प्रलोभनमा पार्ने ठेकेदारी प्रथालाई उजागर गरिदिएको उनको भनाई छ । “यसबाट पार्टी भित्रका छद्मभेषी ठेकेदारहरुको मुखडा उजागर भएको छ”–उनले अगाडि भनेका छन्– “काँग्रेसप्रति गरेको गद्दारी, घिनलाग्दो खेल र द्वैध चरित्र उदाङ्गो भएको छ ।”

काँग्रेसका कर्मशील कार्यकर्ताहरुले गद्दारहरुलाई पहिचान गर्ने मौका पाएको उनको भनाई छ । मत गणनाको यो विधिले आगामी दिनमा सकारत्मक नतिजा दिने उनले बताए । उक्तप्रदेश क्षेत्रमा नेपाली काँग्रेसको लुम्विनी प्रदेश कार्यसमिति सदस्यका रुपमा पार्टीको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउँदै थापाले कपिलवस्तुको बुद्धभूमी र महाराजगञ्ज क्षेत्रको विकासका लागि क्रियाशील रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रहरी सेवामा रहँदा अव्बल अधिकृतका रुपमा कहलिएका थापा प्रहरीको सर्वोत्कृष्ट सम्मान पूर्ण शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व हुन् । प्रहरी सेवामा रहँदा पनि कपिलबस्तुवासी सोझा, सिधा, दुःखीजनको सेवामा समर्पित रहेको उनको भनाई छ ।

काँग्रेस जस्तो गौरवशाली ईतिहास बोकेको पार्टीको तर्फबाट उम्मेदवार बन्न पाएकोमा गौरव गर्दै थापाले पार्टी प्रति कृतज्ञता व्यक्त गरेका छन् । चुनावमा अहोरात्र खट्ने गठबन्धन दलका कार्यकर्ता, मतदाता, सुरक्षाकर्मी सबैप्रंति थापाले आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?