ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

एक हप्ते भरतनाट्यम डान्स वर्कसप सम्पन्न, नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरणमा जोड

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल, ६ असार। भरतनाट्यम नृत्यको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ रुपन्देहीमा आयोजित एक हप्ते भरतनाट्यम डान्स वर्कसप सम्पन्न भएको छ । नृत्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तथा साधना सांस्कृतिक कला केन्द्र बुटवलको सहकार्यमा तिलोत्तमामा वर्कसप सम्पन्न गरिएको हो ।

कार्यक्रमको समापन सत्रमा लुम्बिनी प्रदेशकी पूर्वमन्त्री भगवती घिमिरेले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै भरतनाट्यम नृत्य अनुशासन, हावभाव, अभिव्यक्तिका माध्यमबाट संस्कृति जगेर्नाको सशक्त माध्यम भएको बताइन्। हिन्दु धर्म, संस्कृति, र पौराणिक कथाहरूसँग जोडिएको यो नृत्य विधाले नयाँ पुस्तालाई आफ्ना जरा चिन्न मद्दत गर्ने बताउँदै यसलाई संरक्षण गर्न आफू प्रतिवद्ध रहने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्याब्सन लुम्बिनी अध्यक्ष लालहरि पाण्डेले लोपोन्मुख सांस्कृतिक सम्पदालाई जगेर्ना गर्न तीनै तहका सरकारलाई सहकार्य गर्न आग्रह गरे । उनले यस किसिमका वर्कसपले सांस्कृतिक चेतना जगाउने महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा पेट्रोलियम डिलर्स एशोसियसनका सदस्य अभिषेक भारी, नृत्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मुकेश गुरुङ, साधना सांस्कृतिक कला केन्द्रकी अध्यक्ष प्रियंका थापाले भरतनाट्यमले शारीरिक तथा मानसिक सन्तुलन कायम राख्ने कलाको रुपमा विशेष महत्व राख्ने बताए ।

कार्यक्रममा ज्ञानगंगा पाठशालाका प्रधानाध्यापक चन्द्र अधिकारीले समेत भरतनाट्यमजस्ता शास्त्रीय नृत्यहरू विद्यालय शिक्षामा समेत समेटिनुपर्ने धारणा राखे । वर्कसपमा नृत्य प्रशिक्षक स्वोजन रघुबंसीले ४ दर्जन सहभागीहरूलाई एक हप्तासम्म भरतनाट्यम नृत्यको व्यवहारिक तथा सैद्धान्तिक प्रशिक्षण दिएका थिए ।
यसैबिच प्रशिक्षार्थीहरु बिच गरिएको नृत्य प्रतियोगितामा युवराज समूह प्रथम, पुनम थापाको समुह द्वितीय, हिमाल थापा र किशोर थापा समूह तृतीय स्थान हासिल गरेका छन ।
सांस्कृतिक आत्मपहिचान निर्माणमा यस्ता वर्कसपले युवाहरूलाई जडमा फर्काउने प्रयास गरेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?