काठमाडौं, ६ असार ।
६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का आज पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।

अमला रोक्का यसअघि नै सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्। लामो समयदेखि फरार सूचिमा रहेकी उनीमाथि तस्करीमा संलग्नता रहेको आशंकामा खोजी भइरहेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। उक्त सुन प्रकरण नेपालका हालसम्मका ठूलो तस्करी घटनामध्ये एक मानिन्छ, जसमा संलग्न दर्जनौं व्यक्ति पक्राउ परिसकेका छन्।अनुसन्धान ब्युरोको टोलीका अनुसार अमला रोक्कालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।



