© २०२३
काठमाडौँ, ६ असार ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सङ्घीय परिषद्को बैठक सुरु भएको छ ।असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा साे बैठक सुरु भएको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बसेको सङ्घीय परिषद्को बैठकमा पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रण ध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्।
सङ्घीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जन वर्गीय सङ्गठनका अध्यक्षहरू र मनोनीत सङ्घीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी रहेको सुबेदीले बताए ।