ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रुपन्देहीका ७४ हजार बालबालिकालाई पूर्ण खोप 

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

भैरहवा, ०६ असार ।

रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार यही वैशाख ३० गते बुटवल उप महानगरपालिका पुर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भए सँगै जिल्लालाई घोषणा गर्न सहज भएको हो । जिल्लामा १५ महिना मुनिका १५ हजार ९ सय ५२ जना बालबालिका, १६ देखि ५९ महिना मुनिका ५७ हजार ८ सय ५२ जना बालबालिका, घरधुरी सर्वेक्षणबाट पाइएका १६ देखि ५९ महिना मुनिका छुटेका ४ सय ४४ जना र अन्य छुटेका ११ जनालाई पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

“यद्यपि सङ्घीयता पहिलेको अवस्थामा ६९ वटा गा.वि.स. र २ नगरपालिकालाई मिति २०७०/११/१४ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो, अहिले फेरी सबै बालबालिकाहरूले नियमानुसार लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पुरा गरी पूर्ण खोप सुनिश्चित गरिएको छ ।” ज्ञवालीले भने “त्यस यता पनि हरेक वर्ष पूर्ण खोप सुनिश्चितता कायम गरिएको र कार्यालय दिगोपनाको निरन्तरताको लागि प्रतिबद्ध रहेको समेत अवगत गराउन चाहन्छु ।”

हाल रुपन्देही जिल्लामा १६ वटै स्थानीय तह अन्तर्गतका खोपकेन्द्र वाट हरेक महिना ३८९ खोप केन्द्रहरू मार्फत निरन्तर खोप सेवा प्रदान गरिँदै आइरहेको उनले बताए । ज्ञवालीले जिल्ला पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्म आइपुग्न विभिन्न प्रक्रिया र चरणहरू पार गरिएको बताए । २०८१ माघ महिना देखि नै स्वास्थ्यकर्मीहरू अहोरात्र परिचालित भई घरधुरी सर्वेक्षणमा हरेक घरमा पुगी लाइनलिस्टिङ गरी खोप लगाउन छुट भएका र खोपको कुनै पनि मात्रा नलगाएका शून्य डोजका बालबालिकाहरूको पहिचान गरेको उनले बताए ।

यसरी पहिचान गरी छुटेको खोप चैत, वैशाख र जेठ महिना सम्ममा पुरा गराई सबै बालबालिकालाई पूर्ण खोप दिलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपनाको लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरू पुरा गरेको उनले जानकारी दिए । रुपन्देहीका १६ वटै पालिकाहरू क्रमैसँग पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागि मिति २०८२/०२/२२ गते प्रदेश खोप समन्वय समितिमा पत्राचार गरिएको थियो । जिल्लाको भेरिफिकेसन पछि सबै प्रक्रिया पुरा गरेकोले जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणाको लागि मिति २०८२/०३/२८ मा अनुमति प्राप्त भएको ज्ञवालीले जानकारी दिए ।

२०३४ सालमा विफर रोग उन्मुलन भएसँगै नेपालमा तीन वटा जिल्ला (धनुषा, रुपन्देही र सिन्धुपाल्चोक) बाट ४ वटा रोगहरू (क्षयरोग, भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कार) विरुद्ध २ वटा खोप (वि.सि.जी. र डि.पि.टी.) बाट खोप कार्यक्रम सुरु गरिएको थियो । यसपछि मात्र २०४४/२०४५ साल देखि देशभरि नै ६ वटा रोग विरुद्ध नियमित खोप सञ्चालन गरेको पाइन्छ ।  हाल नेपालभर १३ प्रकारका रोगहरू ( क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, स्ट्रेप्टोकोकस निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस वी, मेनिन्जाइटिस, दादुरा, रुवेला, जापनिज ईन्सेफ्लाइटिस र टाइफाइड) विरुद्ध खोपहरू १५ महिना उमेर सम्ममा प्रदान गरिँदै आएको छ । यस्तै गर्भवती महिलाहरूको लागि २ वटा रोगहरू (धनुष्टङ्कार र भ्यागुते रोग) विरुद्ध खोप दिइँदै आएको छ ।

महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप चालु आर्थिक वर्षमा अभियानकै रूपमा सञ्चालन गरिएको थियो । अभियानको क्रममा रुपन्देही जिल्लाका ५५ हजार १ सय १० जना किशोरीहरूलाई खोप प्रदान गरिएको थियो ।
निश्चित रोगबाट बचाउनको लागि तयार गरिएको जैविक तत्त्वयुक्त खोपको माध्यमबाट बालबालिकाहरू र गर्भवती महिलाहरूको शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता विकास गरी रोग लाग्नबाट बचाउनु खोप सेवाको उद्देश्य रहेको छ । खोप सेवाले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश भन्नेमा जोड दिन्छ ।

खोप सेवाको समय सापेक्ष नीतिगत सुधार, सेवाको विस्तार, मानवीय तथा संस्थागत संरचनाको विकास, खोप सेवाको सहज उपलब्धता पहुँच र समुदायको व्यापक उपभोगका कारण मातृ तथा बाल मृत्यु दरमा उल्लेख्य सुधार भएको ज्ञवालीले बताए । नेपाल सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाहरूले जन्मेको १५ महिना सम्मको उमेरमा लगाउनु पर्ने तोकिएको तालिका बमोजिमका सबै प्रकारका खोपहरू लगाई विभिन्न रोगहरूबाट सुरक्षित हुन सकुन् भन्ने अभिप्रायले पुर्णखोपको अवधारणा वि.सं. २०६७ बाट सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?