काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज दिउँसो २ बजेका लागि तय गरिएको बैठक स्थगित गरिएको छ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बैठक स्थगित भएको सूचना आएको पुष्टि गरेका छन्। बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन।
शीर्ष नेताहरूबीचको यो बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको थियो। नयाँ राजनीतिक समीकरण, संसद सञ्चालन, तथा संविधान संशोधनजस्ता विषयहरूमा सहमति खोज्ने उद्देश्यले बैठक तय भएको बताइएको थियो। अब बैठक कहिले बस्ने भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी आएको छैन।



