© २०२३
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा प्रस्तुत महत्त्वपूर्ण विधेयकहरू समयमै पारित गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर मन्तव्य राख्दै उनले सरकारको बोली र व्यवहारबीच असंगति रहेको उल्लेख गरे। संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयकहरूलाई प्रमुख प्रतिपक्षी दलले निरन्तर दबाब दिँदै आएको भए पनि सरकारकै अनिच्छाले ती विधेयक अझै अल्झिएको उनको भनाइ छ।
विशेषतः संघीय निजामती विधेयकको सन्दर्भ उठाउँदै उनले लामो बहस र छलफलपछि संसदमा आएको विधेयकलाई चाँडै पारित गरेर संघीय र प्रदेश सरकारहरूबीचको संरचनागत समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।