सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो माग सम्बोधन नभएसम्म अवरोध कायम राख्ने निर्णय गरेको बताएका छन्।
रास्वपा र राप्रपाले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूले जेठ १३ गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यसैगरी आजको बैठकमा पनि दलहरूबीच विवाद र अवरोध जारी रहने देखिन्छ।




