© २०२३
बुटवल, ४ असार । वेस्टर्न मेगा कलेज बुटवलले वृहत रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जिवनदान, महादान’ भन्ने नारा सहित कलेज परिसरमा नियमित रक्तदान कार्यक्रम गरेको हो । पछिल्लोसमय रगत अभावलाई मध्येनजर गरि रक्तदान कार्यक्रममा गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए । कलेजबाट विगतबाट नै सामाजिक उत्तरदायित्वलाई समेत जोड दिदै आएको उनले बताए ।
कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको संयोजक कल्पना न्यौपानेले बताईन ।
रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
एक समारोहका बिच कलेजका अध्यक्ष मेघनाथ पन्थ, कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा, संयोजक उषा खरेलले रक्तदातालाई सम्मानपत्र वितरण गर्दै शरीरमा खेर जाने रगतलाई दान गरि जीवन बचाउन सकिने भन्दै पुण्य काममा सबै लाग्नुपर्ने बताए ।