© २०२३
काठमाडौँ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज सिंहदरबारमा बैठक बस्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
बैठकमा प्रतिनिधिसभाको जारी बैठक अवरुद्ध गर्ने राप्रपा पार्टीको विवाद र अन्य समसामयिक राजनीतिक गतिविधि समेटिने जनाइएको छ। प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले यसबारे जानकारी दिएका छन्।