काठमाडौँ, ३ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरु भएको थुनछेक बहस पछि उनी तीन लाख धरौटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दाबाट रिहाइ भए पछि सम्पर्कविहीन भएका भनिएका मिश्र आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका थिए । यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरु भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथिको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
गत चैत १५ गते तीनकुने, काठमाडौँमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।