© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा यो बैठक बस्नेछ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका छन्।
बैठकमा भ्रातृ संगठनको अधिवेशनसम्बन्धी विषयहरूमा छलफल हुने जनाइएको छ। यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।