Butwal Today

भूमि विधेयकबारे छलफल गर्न जसपाको कार्यकारिणी समिति बैठक

३ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले संसद्मा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकबारे पार्टीको कार्यकारिणी समिति बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष सुमनका अनुसार, बैठक असार ६ र ७ गते बस्नेछ।

सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश जसपा नेपालकै विरोधका कारण अघि बढ्न नसकेको र अन्ततः अध्यादेश फिर्ता गर्नुपरेको प्रसंग उल्लेख गर्दै प्रवक्ता सुमनले अहिले संसद्मा विधेयकका रूपमा पुनः पेस गरिएको विषयमा पार्टीको असहमति कायमै रहेको बताए।

जसपाले अहिलेको विधेयकप्रति आपत्ति जनाइसकेको छ र फिर्ता गराउन थप दबाबमूलक कार्यक्रमबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।

त्यस्तै, बैठकमा पार्टीका विभिन्न तहका समितिहरूको सम्पन्न अधिवेशनको समीक्षा, बाँकी अधिवेशन सम्पन्न गर्न आवश्यक निर्देशन र संघीय लोकतान्त्रिक मोर्चा तथा समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने प्रवक्ता सुमनले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?