© २०२३
काठमाडौँ, ३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद् भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगाएर संसद् भवन पुगेका हुन् ।
`मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा “निलो रिबन” को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले सङ्घीय सदनमा निलो रिबन लगाएर “मानव तस्करी” को विरोध गरेका छन्।´