© २०२३
काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्। उनीमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएपछि मंगलबार अदालतमा हाजिर भएका हुन्। अहिले जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासमा उनको बयान चलिरहेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ र त्यसपछि अदालतले आदेश दिने तयारी गरेको छ।
यसै प्रकरणमा राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर जबरा सोमबार अदालतमा उपस्थित भएका थिए। उनलाई अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। राणाको रिहाइपछि मिश्र अदालतमा उपस्थित भएका हुन्।
गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा मिश्र पनि सहभागी भएका थिए। सोही घटनालाई लिएर ४ जना नाबालकसहित ६५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। यसअघि अनुसन्धानको क्रममा मिश्रलाई प्रहरीले नियन्त्रणमा लिए पनि सर्वोच्च अदालतमा दर्ता गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनपछि रिहा गरिएको थियो। त्यसपछि उनी अरु अभियुक्तहरूको थुनछेक प्रक्रिया सम्पन्न भएपछि अदालतमा उपस्थित भएका हुन्।