Butwal Today

माओवादीले भिजिट भिसा प्रकरण छानबिन तत्काल अघि बढाउन सरकारलाई आग्रह

२ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिन ३० दिनभित्र गर्ने सहमति भए पनि त्यसलाई तत्काल अगाडि बढाउन सरकारसँग माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तुरुन्त कार्यन्वयन गर्न जोड दिएका छन्। उनले भने, “सरकारले ३० दिनभित्र अध्ययन र छानबिन समिति बनाएर प्रक्रिया अघि बढाउने घोषणा गरिसकेको छ र हामीले त्यसमा भरोसा पनि गरेका छौं। अब त्यो ३० दिनको समय लाग्नु आवश्यक छैन।”

बस्नेतले थपे, “अब एक हप्ता भित्र वा केही दिनमै छानबिन प्रक्रिया अघि बढाउनुपर्ने छ। गृहमन्त्रीले संसद्मा गरेको प्रतिवद्धता अनुसार तत्काल छानबिन समिति गठन गरेर सबै भावना एकीकृत गर्न सरकारसँग आग्रह गर्न चाहन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?