Butwal Today

सभामुख र दलहरूबीच छलफल जारी

१ असार २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

काठमाडौंमा बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेतासँग संसदमा जारी गतिरोध अन्त्यका लागि छलफल गरेका छन्।

सभामुखसँगको छलफलपछि रास्वपाले आन्तरिक छलफल गरिरहेको हुँदा केही समय पर्खिन भनेको छ। त्यसैले बैठक सुरु हुन ढिलाइ भएको संसद सचिवालयले जनाएको छ।

सभामुखले रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग-अलग छलफल गरेका थिए। अर्यालसँगको भेटमा सभामुखले संवैधानिक कारणले बजेटमाथिको छलफल अवश्य सुरु गर्नुपर्ने र अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए। सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए।

तर अर्यालले अवरोध जारी रहने बताए र संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए।

सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझ्न र अवरोध हटाउन आग्रह गरेका थिए। टेलिफोनमा गरिएको कुराकानीमा सभामुखले संसदमा आफ्ना विषय राखेर कामकाज सुचारु गर्ने वातावरण बनाउन सहयोग मागेका थिए।

यसै कारण बैठक सुरु हुन ढिलाइ भएको हो।

मा बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेतासँग संसदमा जारी गतिरोध अन्त्यका लागि छलफल गरेका छन्।

सभामुखसँगको छलफलपछि रास्वपाले आन्तरिक छलफल गरिरहेको हुँदा केही समय पर्खिन भनेको छ। त्यसैले बैठक सुरु हुन ढिलाइ भएको संसद सचिवालयले जनाएको छ।

सभामुखले रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग-अलग छलफल गरेका थिए। अर्यालसँगको भेटमा सभामुखले संवैधानिक कारणले बजेटमाथिको छलफल अवश्य सुरु गर्नुपर्ने र अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए। सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराएका थिए।

तर अर्यालले अवरोध जारी रहने बताए र संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए।

सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझ्न र अवरोध हटाउन आग्रह गरेका थिए। टेलिफोनमा गरिएको कुराकानीमा सभामुखले संसदमा आफ्ना विषय राखेर कामकाज सुचारु गर्ने वातावरण बनाउन सहयोग मागेका थिए। यसै कारण बैठक सुरु हुन ढिलाइ भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?