ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विश्व रक्तदाता दिवसमा ६४ जना रक्तदातालाई सम्मान

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

बुटवल, ०१ असार ।

विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ । रक्तदान गरौँ आशा जगाऔँ सँगै मिली जीवन बचाऔँ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस २०८२को अवसरमा आयोजित रक्तदाता सम्मान कार्यक्रममा नियमित रक्तदान गर्नेलाई सम्मान गरिएको हो।बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, जिल्ला सभापति रामचन्द्र उपाध्याय, उपसभापति एवं रक्तसञ्चार केन्द्र समिति संयोजक सुशील गुरुङ लगायतले सम्मान गरेका थिए ।

अग्रज सम्मानित अन्तरगत यस क्षेत्रको पहिलो रक्तदाता मृगेन्द्र शेरचन, चित्रमान गौचन लगायत ५ जनालाई सम्मान गरिएको थियो भने स्वर्ण पदकमार्फत ७ जना, रजत पदक मार्फत २७ जना र प्रशम्सापत्रबाट २५ जना गरि ५९ जनालाई सम्मान गरिएको थियो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले रक्तदान मानव जीवन बचाउने महत्त्वपूर्ण भएकोले बुटवलका स्थानीयलाई रगत किन्दा लाग्ने रकम तिर्नु नपर्नेगरि रेडक्रससँग सम्झौता भएको बताउँदै सबै पालिकाले यसो गरेमा जनताले निःशुल्क गरेको रगत बिरामीले निःशुल्क प्राप्त गर्न सक्ने बताए ।

उपसभापति एवं रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक सुशील गुरुङले निरन्तर रक्तदान गर्नको लागि प्रोत्साहन गर्न सम्मान कार्यक्रम गरिएको बताउँदै यस्ता सम्मानले रक्तदाताको मनोबल बढ्नुका साथै नियमित गर्ने वातावरण बन्नेमा विश्वास व्यक्त गरे ।कार्यक्रममा रेडक्रस रुपन्देही सभापति रामचन्द्र उपाध्यायले रेडक्रसले चाहेर मात्रै रगत निःशुल्क हुने अवस्था नरहेको बताए । नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चौहान क्षेत्रीले निःशुल्क रगतका लागि पालिका पालिकासँग सम्झौता गर्नुभन्दा प्रदेश सरकारसमक्ष गएमा निःशुल्क रगत प्रदानमा सहजता हुने उल्लेख गरे ।
नियमित रक्तदाता समाजका अध्यक्ष दया शिलवालले रगतको आवश्यकता अनुसार रक्तदान नभएको अवस्थामा यस्ता सम्माने रक्तदाताको नियमिततामा राम्रो प्रभाव पार्ने उल्लेख गरे ।

रक्त सञ्चार सेवा केन्द्र बुटवल इन्चार्ज राधा शर्मा ज्ञवालीले प्रशंसा पत्र, रजत पदक र कास्यपदक पाउनेको लागि विभिन्न मापदण्ड रहेको बताउँदै महिला पुरुष तथा दुर्लभ रक्तदाताको लागि पनि छुट्टै व्यवस्था रहेको जानकारी गराइन् । ३३ पटक रक्तदान गरेकी गोमा ज्ञवालीले महिलाले रक्तदान गर्न सक्छन् भन्ने उदाहरण बन्न पाउँदा खुसिलागेको बत्ताइन । सम्मानित रक्तदाता अशेष सीलवालले सम्मानले नियमित रक्तदान गर्ने मनोबल बढेको बताउँदै रगतको सम्मानको रूपमा लिएको बताए । मन्त्री टेकराज थापाको सञ्चालन तथा कोषाध्यक्ष अर्जुन राज उपाध्यायको सिद्धान्त वाचनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?