ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

चन्द्रकोटमा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम

३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

गुल्मी, ३१ जेठ ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरूका लागि विविध सामग्रीहरू वितरण गरिएको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना, चन्द्रकोट गाउँपालिकाको समन्वय र सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा गुल्मी जिल्ला अन्तरगत चन्द्रकोट गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुराउने उद्देश्यले सहायता सामग्री, बिउँ पुँजीका लागि नगद, औषधि उपचार रकम तथा शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले सामग्री हस्तान्तरण गर्दै समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई थुप्रै समस्या र चुनौतीहरू बेहोर्नु परेको भन्दै सरकारले त्यस्ता व्यक्तिहरूलाई जीविकोपार्जन गर्ने आधारहरू तय गर्नुपर्नेमा जोड दिएका थिए ।

सोही कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले गाउँपालिका मार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आईहेको भन्दै यस्ता प्रकारका कार्यक्रमले उनीहरूमा आत्मविश्वास बढ्नुका साथै उनीहरूमा थप हौसला थपिने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, वडा नं. १ का अध्यक्ष एवं प्रवक्ता घनश्याम खरेल लगायतले समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमले पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई थप सहयोग पुराएको बताएका थिए ।

उक्त कार्यक्रम मार्फत चन्द्रकोट गाउँपालिका भित्रका ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा सहायता सामाग्री वितरण, आयमूलक तथा सीपमूलक व्यवसाय प्रवर्द्धन अनुदान, औषधि उपचार तथा स्वास्थ्य सहयोग मार्फत नगद तथा विद्यार्थीहरूका लागि झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरू तथा सदस्यहरू, पालिका स्तरीय अपाङ्गता समन्वय समितिका प्रतिनिधिहरू, शिक्षक, कर्मचारी, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र उनीहरूका अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?