Butwal Today

प्रतिनिधिसभा बैठक सुरु, रास्वपा र राप्रपाको विरोध कायमै

३० जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ३० जेठ ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुई बुँदे सहमति भए पछि संसद् सुरु भएको हो ।तर, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाइरहेका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् ।  भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?