ट्रेंडिंग:

>> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने

भिजिट भिसा विवादले प्रभावित संसद बैठक आज पनि बस्दै, सहमति प्रयास जारी

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। जेठ १३ गतेदेखि विपक्षी दलहरुको विरोधका कारण प्रभावित हुँदै आएको संसद् बैठक आज फेरि बस्न लागेपनि राजनीतिक गतिरोध अझै अन्त्य हुन सकेको छैन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै माओवादी केन्द्र, रास्वपा लगायतका विपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन्। यद्यपि, बजेट प्रस्तुत गरिएको जेठ १५ गतेको बैठक अपवाद थियो। त्यसपछिका सबै बैठकहरू प्रतिपक्षीको अवरोधकै बीचमा रोकिँदै आएका छन्।

पछिल्लो समय विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हटेर प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्। तर सत्ता पक्ष तयार नहुँदा सहमति बन्न सकेको छैन, जसले गर्दा बजेटमाथिको छलफल सुरु गर्न पनि ढिलाइ भएको छ।

यता सत्तारूढ दलहरू — नेपाली कांग्रेस र नेकपा एमाले — पछिल्ला वार्ताहरूमा छानबिन समिति गठनमा लचक देखिएका छन् र सार्वजनिक रूपमा प्रतिबद्धता पनि जनाएका छन्। तर समितिको स्वरूप र कार्यादेशबारे सहमति नजुट्दा संसद्को गतिरोध कायमै छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार पत्रकारहरूसँग कुरा गर्दै सहमति नजिक पुगेको बताएका थिए। पार्टीका अर्का नेता माधव सापकोटाले पनि सत्तापक्षको प्रस्ताव हेरेर मात्र संसद् सञ्चालनबारे निर्णय लिइने जनाए।

यदि आजको बैठकमा सहमति कायम भई संसद अवरोध हटेमा, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउनेछन्। त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल सुरु गर्न प्रस्ताव पेस गर्ने कार्यसूची छ। साथै, संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पनि राज्य व्यवस्था तथा सुशासन समितिबाट पेस हुने सम्भावना रहेको छ। संसद् सुचारु हुने कि फेरि अवरुद्ध हुने भन्ने कुरा आज सत्तापक्ष र विपक्षीबीचको अन्तिम सहमतिमा निर्भर रहने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?