© २०२३
कपिलवस्तु, २९ जेठ। जेठ २ गतेको हावाहुरीका कारण रुखले च्यापिएर मृत्यु भएकी कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवाकी सुखना केवटको परिवारलाई दुई लाख रुपैया सहयोग गरिएको छ । आँप बटुल्न बगैचामा गएको बेला रुखले च्यापिएर मृत्यु भएकी १४ बर्षिय सुखनाकी आमा ज्ञानमती केवटलाई कपिलवस्तु नगरपालिकाको बिपत व्यवस्थापन कोषबाट २ लाख सहयोग हस्तान्तरण गरिएको हो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, प्रहरी उपरिक्षक निरन्जनदत्त भट्ट, नगरपाकिाका वन तथा बातावरण शाखाका प्रशासकिय अधिकृत बिनोद कुवर र वडा नम्बर ८ का अध्यक्ष शिवकुमार पाण्डेयको उपस्थितीमा सुखनाकी आमा ज्ञानमती लाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन । बिपतको कारण दुखदः घटना भएको जनाउदै बिपतमा परी मृत्यु भएकी बालिकाको परिवारलाई दुखः का बेला नगरको साथ सहयोग रहेको अनुभुतीका लागी बिपद कोषबाट सो सहयोग गरिएको प्रमुख पौडेलले बताए ।