Butwal Today

अनेरास्ववियु महाधिवेशनमा मतदान समय ३ घन्टा थपियो

२९ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदानको समय थप गरिएको छ।

निर्वाचन अधिकृत सेवन्तराज निरौलाका अनुसार बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय अपराह्न ४ बजेसम्म निर्धारण गरिएको भए पनि अब साँझ ७ बजेसम्म कायम गरिएको छ।

यो महाधिवेशन विशेष बनाएको पक्ष के भने, ३२ वर्षे उमेर हद लागू भएपछि अनेरास्ववियुमा पहिलोपटक प्रतिस्पर्धात्मक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो।

महाधिवेशन आइतबारदेखि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा जारी छ। सहमतिको प्रयास असफल भएपछि संगठनले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चुन्न लागेको हो।

मतदानका लागि ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ। अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?