Butwal Today

नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग माधव नेपालले गरे भेटवार्ता

२९ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, २९ जेठ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको छ।

भेटमा माधव नेपालसँगै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर पनि उपस्थित थिए भने माओवादी तर्फबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

नेताहरूका अनुसार, भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिसहित संसद्मा जारी अवरोध विषयमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?